Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा सामान्य वृद्धि हुँदा अर्बमाथिको कारोबार

साताको दोस्रो दिन सेयर बजारमा केही उतारचढाव देखिए पनि सामान्य सुधार भएर बन्द भएको छ ।

साताको पहिलो दिन आइतबार १३४२.६० अंकमा बन्द भएको सेयर बजार परिसूचक नेप्से सोमबार कारोबार खुलेसँगै सुरुवाती समयमा बढेर १३४२ अंकसम्म पुगेको सेयर बजारलगत्तै ११ बजेर ४५ मिनेटमा १३३८ अंकसम्म घटेको थियो । त्यसपछि भने नेप्समा सामान्य घटबढ देखिए पनि ठूलो उछाल भने देखिएन । अन्त्यमा बजार परिसूचक नेप्से २.१२ अंकले बढेर बजार बन्द भयो ।

नेप्सेसँगै सेन्सेटिभ इन्डेक्समा पनि सामान्य सुधार भएको छ । सेन्सेटिभ इन्डेक्स ०.८९ अंकले बढेर २८२.२३ अंकमा पुगेको छ । सोमबार बजारमा १८४ कम्पनीको ३७ लाख ३३ हजार ५०५ कित्ता सेयर किनबेच हुँदा एक अर्ब आठ करोड ८७ लाख १६ हजारबराबरको कारोबार भएको भएको छ ।

नेप्सेमा लगातार प्रभु बैंकको संस्थापक सेयर कारोबार भइरहेको छ । सोमबार पनि बजारमा प्रभु बैंकको संस्थापक सेयर १० करोडभन्दा माथिको कारोबार भएको छ । प्रतिकित्ता १३० रुपैयाँमा प्रभु बैंकको संस्थापक सेयर १० करोड ७२ लाख ५० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

यस्तै नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य एक रुपैयाँले घटे पनि कम्पनीको सेयर १० करोड २८ लाख १२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको नौ करोड ५१ लाख ३६ हिमालयन डिस्टिलरीको पाँच करोड ६८ लाख ५३ हजार र एनआईसी एसिया बैंकको चार करोड ७१ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । नेप्सेमा कारोबार भएका १८४ कम्पनीको सेयरमध्ये ६८ वटाको सेयर मूल्य घट्दा ७५ कम्पनीको मूल्य घटेको छ । सामान्य सुधार भएको बजारमा २१ कम्पनीका सेयर मूल्य भने स्थिर रहे ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्