Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् यी हुन् विश्वका सबै भन्दा धनी ५ मन्दिरहरु !

विश्वभरी हिन्दूमान्ने व्यक्तिहरु छरिहेर रहेका छन् । नेपाल र भारतमा मुख्य बाहुल्यता रहेको छ हिन्दू धर्मको । विशेषगरेर हिन्दूहरुको ठूलो जनसंख्या एसियामा रहेता पनि अमेरिका, अफ्रीका, युरोप महादेशहरुमा पनि हिन्दूहरु उल्लेख्य मात्रामा छन्।

विशेषतः मन्दिर हिन्दू धर्मलावाम्बीहरुको आस्थाको केन्द्र बन्ने गरेको छ। मन्दिर पुगेर भगवानलाई भेटि देखि गर-गहना सम्म अर्पण गर्ने हिन्दूहरुको चलन नै हो।

यसरी मन्दिरमा अर्पण गरिने भेटि देखि गर(गहना मन्दिरमा जम्मा गर्ने गरिन्छ भने मन्दिरले त्यसको सम्रक्षण गर्नेगर्छ। यसरी भक्तजनले गरेको दानको आधारमा विश्वका सबै भन्दा धनि हिन्दू मन्दिरहरु निम्न छन्।

पशुपतिनाथ मन्दिर

विश्वको सबै भन्दा धनि मन्दिरको सूचीमा नेपालको पशुपतिनाथ मन्दिर पनि पर्छ। पशुपतिनाथ मन्दिरमा विश्वभरबाट शिवभक्तहरु आउने गर्छन्।

पशुपतिनाथ मन्दिरमा अहिलेसम्म नौ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भैसकेको छ भने एक अर्ब २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा भैसकेको छ।

यस्तै जग्गाको मामलामा पनि पशुपतिनाथ मन्दिर पनि विश्वमै धनि छ। पशुपतिनाथको मन्दिरको १८६ हेक्टर जग्गा छ।

शिर्डी साई बाबा

विश्वको सबै भन्दा धनि मन्दिरमा पर्ने शिर्डी साई बाबा मन्दिर भारतको नासिक शहरमा छ। विश्वभर रहेका साई बाबाका भक्तजनहरु यस मन्दिरमा पुग्ने गर्छन्।

यस मन्दिरमा अनलाइन दान गर्न सक्ने सिस्टम पनि छ। यस मन्दिरमा रहेको सिंहासन मात्रै ९४ केजी सुनले बनेको छ। यति मात्र नभई यस मन्दिरमा दानको नाममा वर्षेनी विश्वको कुनै पनि मन्दिरमा नआउने रकम आउने गर्छ।

पद्मनाभ स्वामी (भगवान विष्णुको मन्दिर)

केरलाको राजधानी तिरुवनंतपुरममा रहेको पद्मनाभ स्वामी मन्दिर ज्यादै विशाल छ। यस मन्दिरमा भगवान विष्णु शेषनागमा शयन गरिरहेको ठूलो मूर्ति छ।

धेरै पूरानो इतिहास भएको यस मन्दिर विश्वकै धनि मन्दिरहरुमा पर्छ। यस मन्दिरको कुल सम्पति लगभग १ खर्ब डलर हुन सक्ने अनुमान गरिन्छ। यधपी यस मन्दिरको सम्पति बारे विस्तृत रुपमा अनुसन्धान भने गरिएको छैन।

मुम्बईको सिद्धी विनायक


सिद्धि विनायक भगवान गणेशको सबै भन्दा ठूलो मन्दिर मध्ये एक रहेको छ। यस मन्दिरमा रहेको गणेशको मूर्तिमा मात्रै ३।७ केजी सुन लेपन गरिएको छ।

बलिउड स्टार माझ अत्याधिक चर्चित रहेको यस मन्दिरको वार्षिक आय १५० करोड भन्दा बढी हुने गर्छ। यहि कारणले गर्दा यस मन्दिर पनि विश्वको सबै भन्दा धनि मन्दिरमा पर्छ।

तिरुपति बालाजी

भारत आन्ध्र प्रदेशको तिरुपतिमा रहेको तिरुपति बालाजी पनि विश्वको सबै भन्दा धेरै धनि मन्दिरहरुमा पर्छ। यस मन्दिरसँग ९ हजार केजी भन्दा बढी सुन छ।

 

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्