Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मयुर यातायातका ६ ओटा बस काठमाडौंमा संञ्चालनमा

मयुर यातायातका ६ ओटा बस काठमाडौंमा संञ्चालनमा आएका छन ।

मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले लामो समयदेखि ग्यारेजमा थन्किएको भएर सबै गाडी एकैपटक निकालिएको छैन ।
गाडीको ब्याट्रीमा केही समस्या भएको र मेकानिक्स थोरैमात्रै भएको कारण केही ढिलाइ भएको उनले जानकारी दिए ।

हाल दुइटा रूटमा बस चलाइएको उनले बताए । सरकारले काठमाडौं उपत्यकाबाहिर अन्तरजिल्ला सार्वजनिक बस चलाउन नदिने भनेको छ । काठमाडौं र काभ्रेका सिडिओ कार्यालयसँग समन्वय गरेर धुलिखेलसम्म काठमाडौंबाट बस जाने र त्यहाँबाट पनौतीसम्म अर्को बसले लैजाने व्यवस्था मिलाइएको उनले बताए । गाडीमा सरकारले निर्धारण गरेको मापदण्ड अपनाइने उनले स्पष्ट पारे ।

साझा यातायातले पनि केही दिनभित्रै बस चलाउने तयारी गरेको छ । यही हप्ताबाट केही गाडी सञ्चालन गरिने साझा यातायातले जनाएको छ ।

सरकारले असार २६ गतेदेखि जिल्लाभित्र र काठमाडौंको हकमा उपत्यकाभित्र छोटा दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो । केही यातायात व्यवसायी भने विभिन्न माग राख्दै सेवा दिन नसक्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्