Logo
१६ बैशाख २०८१, आईतबार
(July 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमिताभ र अभिषेकसंगै ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण

बलिउड सुपरस्टार अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनको परिवारको पनि कोरोना परिक्षण गरिएको थियो ।

पहिलो पटक गरिएको परिक्षणमा नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चन र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो ।

तर, दोश्रो पटक गरिएको परिक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ ।

योसँगै होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।

आज बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुबैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

नायक अभिषेक बच्चनले यो परिस्थितीमा नआत्तिन सबैसँग अपिल गरेका छन् ।

प्रकाशित मिति: Jul 12, 2020

प्रतिक्रिया दिनुहोस्