Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिभिल मलका १०५ जना व्यवसायीले सञ्चालकलाई बुझाए चाबी

काठमाडौं : लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भैरहेको बेला काठमाडौं स्थित सुन्धाराको सिभिल मलमा सपिङ कम्प्लेक्समा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले पसलको तालाचाबी मल सञ्चालकलाई बुझाएका छन् ।

व्यवसायी हरुले लकडाउन अवधिको घरभाडा शत प्रतिशत छुटको माग राखेको थिए । तर व्यवसायी र मल सञ्चालकबीच घरभाडाका विषयमा भएको छलफल निष्कर्षमा नपुगेपछि शुक्रबार १०५ जना व्यवसायीले मल सञ्चालक लालकाजी गुरुङलाई तालाचाबी बुझाएका हुन् ।

झण्डै ३ महिनासम्म भएको लकडाउनलाई शून्य समय मानेर भाडा मिनाहा गर्न व्यवसायीले आग्रह गरे पनि मल सञ्चालकले अस्वीकार गरेका थिए । सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले पूर्ण लकडाउन अवधिको भाडा शतप्रतिशत छुट नभएसम्म आन्दोलन जारी राखिने बताए ।

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्