Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याग्दी बाढीपहिरो अपडेट : ३५ घर पुरिए, ७० परिवारलाई सुरक्षित स्थानमा सारियो

म्याग्दी : अविरल वर्षापछि म्याग्दीमा आएको बाढीपहिरोमा परी ३३ जनाभन्दा बढी बेपत्ता भएका छन् । विभिन्न स्थानमा गरी ३५ घर पुरिएका छन् ।

पहिरोले सडक तथा पैदलमार्ग बगाएकाले उद्धारकर्ता घटनास्थल पुग्न सकेका छैनन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका-६ मराङमा २१, वडा नं ७ ताकममा ३, मालिका गाउँपालिका-७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ८ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता छन् ।

त्यसै गरी मराङमा २०, ताकममा ५ र बिममा १० घर पहिरोमा पुरिएका छन् । मालिका गाउँपालिका-४ देवीस्थानमा पनि ५ घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

बाढीले गलेश्वरस्थित राहुघाट खोलाको बेलिब्रिज बगाउँदा बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार घर पुरिएका र जोखिममा परेका गरी कुल ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति: Jul 10, 2020

प्रतिक्रिया दिनुहोस्