Logo
२० बैशाख २०८१, बिहीबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन

आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मन्त्रीपरिषद् बैठक लगत्तै निधन भएको छ।

मन्त्रिपरिषद बैठकको क्रममा बिरामी परेका उनको लगत्तै निधन भएको बिबिसीले जनाएको छ ।कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्किएका थिए ।

सन् २०१२ मा कोलाबालीको मुटु प्रत्यारोपण भएको थियो । उनी गएको मे २ मा उपचारका लागि फ्रान्स गएका थिए र दुईमहिनापछि स्वदेश फर्किएका हुन् ।

६१ वर्षका कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

राष्ट्रपति एलासानी ओटाराले देश शोकमा रहेको बताएका छन् । कोलाबाली मन्त्रीपरिषदको साप्ताहिक बैठकको क्रममा बिरामी परेको र अस्पताल लगिएको उनले बताए । कोलाबालीको अस्पतालमै निधन भएको हो ।

उनको निधनले आउँदो अक्टोबरमा हुने भनिएको चुनावमा अनिश्चितता पैदा गरेको छ ।गएको बिहीबार स्वदेश फर्किएका उनले देशको विकासलाई निरन्तरता दिने बताएका थिए ।

उनी राष्ट्रपति चुनाव जित्ने प्रवल सम्भावना भएका उम्मेदवार ठानिएको थियो । तर उपचारबाट फर्किएको हप्ता दिनमै उनको निधन भएको हो ।

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्