Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविरल वर्षाका कारण महेन्द्रनगर जलमग्न

कञ्चनपुर : दुईदिन देखिको अविरल वर्षाका कारण सुदुरपश्चिम प्रदेश स्थित महेन्द्रनगर आसपासका क्षेत्र डुबानमा परेका छन् ।

चुरेक्षेत्रमा भएको वर्षाका कारण साना खोला नालामा बढेको पानीको बहावका कारण महेन्द्रनगर आसपासका क्षेत्र जलमग्न भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

डुबानका कारण यस क्षेत्रका सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको छ । केन्द्रका अनुसार लगातारको वर्षाका कारण भीमदत्त नगरपालिका क्षेत्रभित्रका ऐठपुर, भगतपुर, बाँसखेडा, सालघारी तथा कटानस्थित शिविर क्षेत्र डुबानमा परेका छन् ।

यस्तै, चुरेक्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण जिल्लाका अन्य क्षेत्रमा रहेका साना तथा मझौला नदी तथा खोलामा समेत पानीको सतह बढ्न सक्ने भएकाले सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्