Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ नागरिकलाई जुलाई २४ देखि स्वदेश फर्काइने

काठमाडौं : चीनले नेपालमा अलपत्र परेका आफ्ना नागरिक फर्काउनका लागि चारवटा विशेष उडान गर्ने भएको छ । जसमध्ये पहिलो उडान जुलाई २४ मा गर्न लागेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

काठमाडौंमा अलपत्र परी स्वदेश फर्किन आवश्यक रहेकाहरुलाई प्राथमिकताका आधारमा फर्काउने तयारी भएको चिनियाँ दूतावासले जनाएको छ ।

पहिलो उडान काठमाडौंबाट छेन्दुका लागि हुनेछ । पहिलो प्राथमिकतामा डिसेम्बरसम्म पर्यटन भिसामा नेपाल आएर रोकिएकाहरुलाई राखिएको दूतावासको भनाइ छ ।

स्वदेश फर्कन चाहनेहरुले जानु अगाडि तोकिएका अस्पतालबाट कोरोना भाइरसको न्युक्लिक एसिड टेस्टको रिपोर्ट बुझाउनु पर्नेछ । नेगेटिभ नतिजा आएकालाई मात्र स्वदेश फर्काइने दूतावासले जनाएको छ ।

स्वदेश फर्किने चिनियाँले हवाई भाडा तथा स्वास्थ्य परीक्षण शुल्क र होम आइसोलेसनको व्यवस्था आफैं गर्नु पर्नेछ । चीन पुगेपछि पनि त्यहाँको स्थानीय निकायबाट परीक्षण गराउनु पर्नेछ ।

दूतावासले ६५ वर्ष माथिका, १२ वर्षसम्मका बालबालिका, गम्भीर रोग भएका बिरामीहरु, अपांगता भएकाहरु, गर्भवती महिला तथा चीनमा आफन्तको मृत्यु भएका तथा गम्भीर विरामी भएका व्यक्तिको आफन्तलाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ ।

प्रकाशित मिति: Jul 8, 2020

प्रतिक्रिया दिनुहोस्