Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरिता गिरीलाई कारबाही गर्न सिफारिस, सांसद पद नरहने

काठमाडौं : समाजवादी पार्टीको कार्यदलले सांसद तथा पार्टी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनले नेपालको दाबी नपुग्ने भन्ने आशयको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले मानिनन् र नक्सासम्बन्धी संविधान संशोधनको प्रस्ताव पारित हुने दिन सं‌सदमा अनुपस्थित भइन् ।

यसबारे अहिले पार्टीको पदाधिकारी बैठकमा छलफल भएको छ । पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्