Logo
१५ बैशाख २०८१, शनिबार
(July 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिविरुद्ध महाअभियोगबारे झुटाे प्रचार नगरौँ : नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटाे प्रचार नगर्न आग्रह गरेका छन् ।

उनले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रपति संस्थाको अवमूल्यन नगर्न आग्रहसमेत गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने तयारीको सूचना आफूले पाएको दाबी गरेको केही समयपछि श्रेष्ठको यो भनाइ सार्वजनिक भएको हो ।

उनले भनेका छन्- हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौँ । राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटाे प्रचार कसैले नगरौँ । राष्ट्रपति संस्थाको अवमूल्यन नगरौँ । राष्ट्रपतिज्यू स्वयंको पनि ध्यान जाने नै छ ।

प्रकाशित मिति: Jul 4, 2020

प्रतिक्रिया दिनुहोस्