Logo
१५ बैशाख २०८१, शनिबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिभरपुलमाथि म्यानचेष्टर सिटीको फराकिलो जीत

इंग्लिस प्रिमियर फुटबल लिग जितिसकेको लिभरपुल र म्यानचेष्टर सिटीबिच गएराति भएको खेलमा लिभरपुलमाथि म्यानचेष्टर सिटीले (४-०) को जित हासिल गरेको छ ।

सिटीको जीतमा डि ब्रुनले पहिलो गोल पेनाल्टीमार्फत् २५ औं मिनेटमा गरेका थिए । पहिलो हाफभित्र सिटीले तीन गोल गर्ने क्रममा स्टर्लिङले ३५ औं र फोडेनले ४५ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा लिभरपुलका चेम्बरलेनले आफ्नै पोष्टमा गोल गरेका थिए । लिग जितिसकेको लिभरपुलको जारी लिगमा यो दोस्रो हार हो ।

छ खेल बाँकी रहँदा लिभरपुल सिटीभन्दा २० अंकले अगाडि छ ।

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्