Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली-प्रचण्डबीच ३ घण्टा छलफल, तर निष्कर्ष निस्किएन

काठमाडौं : नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

अध्यक्षद्वय बीच भएको तीनघण्टा लामो छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए ।

दिउँसो साढे १२ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले बतायो ।

नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: Jul 3, 2020

प्रतिक्रिया दिनुहोस्