Logo
१५ बैशाख २०८१, शनिबार
(July 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारामा चटयाङ लागेर चार महिलाको मृत्यु, सात घाइते

प्रदेश नं २ स्थित बारामा आज बिहान चट्याङ लागेर चारजना महिलाको मृत्यु भएको छ ।

उक्त चट्याङबाट सात जना महिला घाइते भएका छन् । बिहीबार बिहान करिब साढे सात बजे चट्याङ लागेर कलैया उपमहानगरपालिका १२ की ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको ज्यान गएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराए ।

चट्याङ लागेर फेंटा गाउँपालिका १ की ४० वर्षीया सुनरपती देवी र ३० वर्षीया तेंडु देवीको ज्यान गएको उनले बताएका छन् ।

चट्याङ लागेर फेंटा गाउँपालिका १ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएका र उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

खेतमा रोपाइँ गर्ने क्रममा उनीहरुलाई चट्याङ लागेको हो ।

 

प्रकाशित मिति: Jul 2, 2020

प्रतिक्रिया दिनुहोस्