Logo
१५ बैशाख २०८१, शनिबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको ‘भ्याक्सिन’को ‘क्लिनिकल’ परीक्षणका लागि एफडीएले दियो अनुमति

संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोरोनाभाइरसको ‘भ्याक्सिन’को ‘क्लिनिकल’ परीक्षणका लागि अनुमति दिएको छ ।

एफडीएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिनुभयो । उहाँले अरु छ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताउनुभयो ।

अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोभिड-१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी वितरण गर्ने लक्ष्य राखेको छ ।

यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिनुभएको छ ।

उहाँले भ्याक्सिनका प्रभावकारितासम्बन्धी विवरणहरु आगामी वर्षको सुरुतिरमात्र प्राप्त हुने पनि जानकारी दिनुभयो ।

प्रकाशित मिति: Jul 1, 2020

प्रतिक्रिया दिनुहोस्