Logo
२३ बैशाख २०८१, आईतबार
(June 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्लुएचओले दियो कोरोना महामारीको अझै खराब अवस्था आउन सक्ने चेतावनी

विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अझै खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका सरकारहरुले नियन्त्रणका लागि सही नीति अवलम्बन गर्न नसकेमा भाइरसबाट अझै धेरै मानिस सङ्क्रमित हुन सक्ने बताएका हुन् ।

उनले अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलेशन र क्वरेण्टीन नै महामारी नियन्त्रणमा लिने प्रमुख उपाय भएको बताएका छन् ।

महामारीको छिट्टै नै अन्त्य होस् भन्ने चाहे पनि छिट्टै अन्त्य हुने अवस्थामा नरहेको उनको भनाई छ ।

केही देशले महामारी नियन्त्रणका लागि प्रगति गरे पनि विश्वब्यापी महामारीले भने गति बढाइरहेको बेला विश्वभरका देशलाई जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण हेर्न उनले आग्रहसमेत गरेका छन् ।

ती देशले महामारी लगभग नियन्त्रणमा लिएका छन् । ६ महिनाको अवधिमा विश्वभर सङ्क्रमितको संख्या एक करोड दुई लाख ६८ हजारभन्दा धेरै पुगेको छ भने ज्यान गुमाउनेको संख्या पाँच लाख चार हजारभन्दा धेरै छ ।

कोरोना भाइरसबाट अमेरिका सबैभन्दा धेरै प्रभावित छ ।

प्रकाशित मिति: Jun 30, 2020

प्रतिक्रिया दिनुहोस्