Logo
२३ बैशाख २०८१, आईतबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवानगंजमा ५२ करोड ३४ लाखको बजेट प्रसतूत

प्रदेश १ स्थित सुनसरीको देवानगंज गाउँपालिकाको चौथो गाउँसभामा ५२ करोड ३४ लाख ४८ हजार ५ सय ४० रुपैयाँ बराबरको बजेट प्रसतूत गरिएको छ ।

समुदायिक भवनमा बुधवार सम्पन्न गाउँसभामा अगामी आर्थिक बर्ष २०७७ र २०७८ का लागि चालू र पुजिगत गरि कुल ५२ करोड ३४ लाख ४८ हजार ५ सय ४० रुपैयाँ बराबरको बजेट सिलिङ प्रस्तुत गरिएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष पुनिता यादवले सो अनुमानित बजेट प्रस्तुत गरेकी हुन्। उनको तर्फबाट एकजना कर्मचारी वाचन गरेका थिए ।

आन्तरिक आय क्रमागत तर्फ ८ करोड ५० लाख र नियमित तर्फ ६० लाख गरि जम्मा ९ करोड १० लाख रुपैयाँ, संघीय सरकारबाट संघीय समानीकरण अनुदान १२ करोड १ लाख, राजस्व वाँडफाँड तर्फ ७ करोड ६१ लख ११ हजार ५ सय ४० रुपैयाँ रहेको बजेट सिलिङ प्रस्तुत गरिएको हो।

त्यस्तै प्रदेश वितिय समानीकरण अनुदान ७४ लाख १७ हजार ,शर्सत समपुरक अनुदान तर्फ १ करोड ,राजस्व बाडफाड तर्फ ३९ लाख ५० हजार रुपैयाँ, संघीय सशर्त अनुदान १८ करोड ५७ लाख र प्रदेश सशर्त अनुदान १९ लाख ७० हजार रुपैयाँको अनुमान बजेट सार्वजनिक भएको छ।

त्यस्तै संघीय समपुरक अनुदानमा १ करोड ६७ लाख विशेष अनुदानमा ७५ लाख, शर्सत राष्टिय परिचय पत्र तथा पञ्जीकरण विभाग ३० लाख, प्रदेश समपूरक अनुदानमा १ करोड रुपैयाँ बजेट आउने अनुमान गरिएको छ।

गाउँसभाबाट कृषि, स्वास्थ्य, शिक्षा तथा भौतिक निर्माणको क्षेत्रलाई विशेष प्राथमिक्तामा राखेर बजेटपारित गरेको गाउापालिकाका अध्यक्ष लालीप्रसाद मेहताले बताए ।

उल्लेखित कार्यक्रमहरुले समग्र देवानगंज गाउँपालिकाका जनताको जिवनस्तर माथि उठाउनमा सहयोग पुर्याउनेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलौचन न्योपाने बताए ।

निति तथा कार्यक्रमले सबै क्षेत्र, वर्ग समुदायलाई समेटिएको सहभागिहरुको उनको प्रतिकृया रहेको छ ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्