Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज सुनको भाउ ४ सय रुपैयाँले घट्यो

नेपाली बजारमा सोमबार अहिलेसम्मै महंगो भएको सुनको भाउ आज मंगलबार तोलामा ४ सय रुपैयाँले घटेको छ ।

सुन मंगलबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मै महंगो हो ।

आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेको सुन व्यवसायीको भनाई रहेको छ ।  महासंघका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि लकडाउन र भाउ बढेका कारण सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ ।

अस्ति आइतबार पनि सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो ।

प्रकाशित मिति: Jun 23, 2020

प्रतिक्रिया दिनुहोस्