Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घन्टामा थपिए ५३५ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ। संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन्।

सरकारले पछिल्लो समय दैनिक १० हजार स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ। अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय जनाको स्वाब परीक्षण भइसकेको छ।

नेपालमा अहिले रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।

प्रकाशित मिति: Jun 22, 2020

प्रतिक्रिया दिनुहोस्