Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा अवरूद्ध

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरूद्ध गरेको छ।

सोमबार बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसद उठेर विरोध जनाए। लगत्तै कांग्रेस सचेतक केदार कार्कीले बोल्ने समय पाए।

संघीय राजधानी काठमाडौं गएका प्रदेश १ का जनतालाई नाकाबाट फर्काइएको भन्दै कार्कीले यसबारे मुख्यमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताए।

‘काठमाडौंभन्दा बाहिर बस्ने हामी जनता कुन दर्जाका हौं?,’ उनले प्रश्न गरे, ‘काठमाडौं गएका हाम्रा जनता काठमाडौंको नाकाबाट फर्काइन्छन्।’

देशको संघीय राजधानी काठमाडौं प्रवेशमा सर्वसाधारण जनतालाई नाकाबन्दीजस्तै गरिएको कार्कीले बताए।

‘काठमाडौं हाम्रो राजधानी भन्ने सम्झियौं। तर हाम्रा जनतालाई काठमाडौं छिर्न त्यहाँका राजा, महाराजाहरूको स्वीकृति लिने गरी बन्देज लगाइएको छ,’ उनले भने, ‘तर काठमाडौंबाट प्रदेश १ मा जतिखेर पनि सिडिओको पासमा आउन पाइन्छ।’

सर्वसाधारणलाई काठमाडौं प्रवेशका लागि अनेकथरि अनुमति पत्र लिने व्यवस्था गरेर झन्झट गराएको कार्कीले बताए।

‘मुख्यमन्त्री, प्रदेश सरकार जनताले पाएका दु:खबारे किन धारणा राख्दैनन्,’ उनले भने, ‘जनताबारे किन बोल्न सक्दैनन्। जबसम्म मुख्यमन्त्रीले यसबारे प्रष्ट पार्नुहुन्न तबसम्म सदन चल्न दिनौं।’

उनले बोलिसकेपछि कांग्रेस सांसद उठेर विरोध गरिरहे। सभामुखले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका थिए।

पछिल्लो समय गृह मन्त्रालय काठमाडौं आउन यहाँ आफू ठाउँको अनिवार्य स्वीकृति चाहिने र सम्बन्धित दुबै जिल्लाको अनुमति चाहिने नियम लागु गरेको छ।

प्रकाशित मिति: Jun 22, 2020

प्रतिक्रिया दिनुहोस्