Logo
२२ बैशाख २०८१, शनिबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबौँ रकम जोगाउन स्टीकर छपाई नेपालमा गर्ने तयारी

सरकार आर्थिक संकटमा फस्न थालेपछि अबौंँ रकम विदेशमा भुक्तानी गर्नुपर्ने अवस्था हटाउन मदिरा र सुर्तीजन्य वस्तुहरुमा टाँसिदै आएको अन्तशूल्क छापाइएको काम स्वदेशमा नै गर्ने तयारी गरिएको छ ।

सुरक्षाको कारण देखाउँदै विदेशी कम्पनीलाई दिर्दै आएपनि आर्थिक संकटमा ध्यानमा राख्दै सरकारले अहिले भने स्वदेशमा नै छाप्ने गरी गृहकार्य अघि बढाएको हो । अर्थमन्त्रालयका अनुसार सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामाग्री केन्द वा मुद्रण विभागलाई स्टीकर छपाईको जिम्मा दिनेगरी गृहकार्य अघि बढाएको छ ।

अर्थमन्त्रालय मातहतका निकायलाई आवश्यक पर्ने ४० प्रकार भन्दा बढिका स्टीकर सरकारले यसअघि ग्लोबल टेण्डरमार्फत विदेशमा नै छाप्दै आएको छ ।

‘विषम परिस्थीतिलाई ध्यानमा राखेर उच्च सुरक्षा सर्तकताका साथ स्वदेशी एक सरकारी कम्पनीलाई दिनेगरी गृहकार्य अघि बढेको छ, छिट्टै निर्णयमा पुगिने छ,’ अर्थमन्त्रालयका एक उच्च अधिकारीले बताए । सरकारी कम्पनी कुनबाट कति छपाई गर्ने भन्नेबारे निक्यौल गर्ने जिम्मेवारी आन्तरिक राजस्व विभागलाई मन्त्रालयले दिएको छ ।

विभागका अधिकारीहरुले पनि यसबारे गृहकार्य अघि बढेको बताएका छन । उनीहरुका अनुसार स्वदेशमा नै स्टीकर छपाई अघि बढाउनका लागि एक कार्यदल बनाइएको थियो । स्वदेशी कम्पनीहरुको क्षमतासहित प्राविधिक अध्ययन गरेर विभागका महानिर्देशक विनोदबहादुर कुँवरलाई प्रतिवेदन बुझाइसकेको छ । अदालतदेखि संसदीय समितिको आदेश/निर्देशनमा लामो समयदेखि मदिरा तथा सुर्तीजन्य पदार्थमा टाँसिने अन्तःशुल्क स्टीकर छपाइ प्रक्रियाको रोकिदै आएको थियो ।

तर काम अघि बढाउने भन्दै गत चैत्रमा २ वर्षभित्र ७ अर्ब ८३ करोड थान स्टीकर छाप्ने गरी आन्तरिक राजस्व विभागले विदेशी कम्पनीलाई दिन प्रक्रिया अघि बढाएको थियो ।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्