Logo
५ जेष्ठ २०८१, शनिबार
(June 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र चीनबीचको सीमा विवादलाई शान्तिपूर्णरुपमा हल गर्न नेपालको सुझाव

पछिल्लो सयमा नेपाल र भारतबिच सिमाबाद चलिरहेको अवस्थामा पनि भारत र चीनबीचको सीमा विवादलाई लिएर परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकाल्दै दुई देशबीचको विवाद शान्तिपूर्ण तरिकाबाट समाधान हुनुपर्ने आफ्नो धारणा सार्वजनिक गरेको छ ।

नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको लागि अडिग भएर उपस्थित भएको विज्ञप्तिमा भनिएको छ ।साथै परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा देखिएको विवाद दुवै देशले शान्तिपूर्ण तरिकाबाट समाधान हुने विश्वास व्यक्त गरेको छ ।

‘गलवान उपत्यकाको पछिल्लो घटनाक्रमको सन्दर्भमा छिमेकी देश भारत र चीनले राम्रो छिमेकीको भावनाले, आपसी शान्तिपूर्ण द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थिरताको पक्षमा समस्याको समाधान गर्नेमा हामी ढुक्क छौँ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: Jun 20, 2020

प्रतिक्रिया दिनुहोस्