Logo
२० बैशाख २०८१, बिहीबार
(June 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै ४९ हजार पुग्यो, सङ्क्रमित १० लाखभन्दा बढी

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा कोभिड-१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५४ हजार ७७१ पुगेको छ भने यो अवधिमा करिब एक हजार छ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ब्राजिलमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्याँ ४८ हजार ९५४ पुगेको छ । ब्राजिलमा उपचारपछि निको हुने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख सात हजार करिब ५० प्रतिशत पुगेको मन्त्रालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: Jun 20, 2020

प्रतिक्रिया दिनुहोस्