Logo
२० बैशाख २०८१, बिहीबार
(June 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री मोदीद्वारा बोलाइएको सर्वदलिय बैठकमा २० दल सहभागी हुने

छिमेकी देश भारतमा चीनसँगको विवादका विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको बैठकमा भारतका २० दल सहभागी हुने जनाइएको छ ।

बैठक शुक्रबार बेलुका पाँच बजे शुरु हुने प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । केन्द्रिय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह, सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नन्दलगायत पनि बैठकमा सहभागी हुने भएका छन् ।

श्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री मोदीको सिफारिसमा भाजपाका पूर्व अध्यक्ष सिंहले बिहीबार पार्टीका नेताहरुलाई निमन्त्रणा गरेका थिए ।
राष्ट्रियतासंग सम्बन्धित संवेदनशील र महत्वपूर्ण विषयमा पनि सरकारले पर्याप्त चासो र सक्रियता नदेखाएको र अन्य पार्टीहरुसँग छलफल तथा सहकार्य गर्न नखोजेको भन्दै आलोचनापछि उक्त बैठक आयोजन हुन लागेको छ ।

विषेश गरी आम आद्मी पार्टी, आरजेडीलगायतका पार्टीले दबाव दिएपछि सर्वदलिय बैठक बस्न लागेको समाचारमा जनाइएको छ । यही जुन १५ देखि १६ तारिख सम्ममा लद्दाखस्थित ग्वालन भ्यालीलीमा दुई देशका सैनिकहरुका बीचमा झडप भएको र भारत तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको थियो ।

सो झडपका क्रममा भारतीय सेना तर्फका कोही पनि बेपत्ता भने नभएको पनि भारतीय सेनाले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: Jun 19, 2020

प्रतिक्रिया दिनुहोस्