Logo
२० बैशाख २०८१, बिहीबार
(June 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना संक्रमण आगोसरी फैलिदैँ, एकैदिनमा १३ हजारभन्दा बढी सङ्क्रमित

छिमेकी देश भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको संख्या ३ लाख ८० हजार ५३२ पुगेको मन्त्रालयको तथ्यांक छ । ती कुल सङ्क्रमित मध्ये एक लाख ६३ हजार २४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु दुई लाख चार हजार ७११ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रदेशअनुसार हेर्दा भारतमा सवैभन्दा धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । महाराष्ट्रमा अहिलेसम्म कुल एक लाख २० हजार ५०४ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ५२ हजार ३३४ जना र दिल्ली प्रदेशमा ४९ हजार ९७९ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति: Jun 19, 2020

प्रतिक्रिया दिनुहोस्