Logo
५ जेष्ठ २०८१, शनिबार
(June 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकल सरकार र पार्टी कसरी चलाउने ? चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच आज गोष्ठी

चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच सरकार र पाटी कसरी चलाउने भनि अनुभव आदानप्रदान गर्नको लागि आज अपराह्नमा गोष्ठी हुदैछ ।

आज शुक्रबार चिनिया चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी र देश सञ्‍चालनको अनुभव आदानप्रदान गर्नको लागि चीन र नेपालका सत्तारूढ पार्टीका उच्च पदाधिकारीबीचको गोष्ठी अपरान्ह बस्न लागेको हो ।

कोभिड-१९ महामारीका कारण प्रत्यक्ष रूपमा अन्तर्क्रिया हुन नसक्ने भएकाले भिडियोमार्फत् बेइजिङबाट यो कार्यशाला सञ्‍चालन गर्न लागिएको छ।

बेइजिङ समयअनुसार अपरान्ह ४ बजेतिर यहाँस्थित जिम्मेवार पार्टी सदस्यहरूले नेपालका कम्युनिष्ट पार्टीका नेताहरूसँग अन्तर्क्रिया गर्नेछन्।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कार्यशाला निश्चित गरिएको हो।

भिडियो अन्तर्क्रियामा नेपालका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत १ सय भन्दा बढी उच्चस्तरीय नेताहरू सहभागी हुनेछन्।

बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिष्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ।

नेताहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाओलगायत नेताहरूले प्रशिक्षित गर्ने जनाइएको छ।

यसअघि गत वर्ष असोजमा दुवै देशका पार्टीको संयुक्त पहलमा काठमाडौंमा दुई दिने विचार गोष्ठी गरिएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच पहिलो पटक वैचारिक छलफल गरिएको थियो।

त्यस क्रममा माओपछिका सर्वाधिक शक्तिशाली मानिएका सी चिनफिङका विचारधाराका साथै दुवै देशका पार्टीबीच पार्टी तथा शासन संचालनका विषयमाथि बहस गरिएको थियो।

त्यतिखेर पनि विभाग प्रमुख सोङ थाओकै नेतृत्वमा प्रशिक्षण सम्पन्न भएको थियो।

प्रकाशित मिति: Jun 19, 2020

प्रतिक्रिया दिनुहोस्