Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसमा कोरोनाविरुद्धको खोप उत्पादन शुरु हुँदै, बजारमा तीन महिनापछि आउने

रुसमा कोरोनाविरुद्धको भ्याक्सिन तीन महिनाभित्रमा  उत्पादन शुरु हुँदै छ ।

रुसमा क्लिनिकल परीक्षण सकिदै गर्दा आगामी अगष्ट या सेम्टेम्बर महिना देखि ठुलो परिमाणमा खोप उत्पादन शुरु गरिने त्यहाँका उपप्रधानमन्त्री टाटायाना गोलिकोभाले बताएकी छिन् ।

रुसी समाचार संस्था तासका अनुसार भेक्टर इन्स्टिच्युट खोप उत्पादनका लागि तयार भइसकेको छ । खोपको आधिकारिक प्रमाणिकरणपछि उत्पादन शुरु हुनेछ ।

अगष्टको शुरुमै परीक्षण सकिने र सोही महिना या सेप्टेम्बरभित्र ठुलो परिमाणमा उत्पादन हुने गोलिकोभाको भनाई छ ।

यसअघि नै उनले यही वर्षभित्र भ्याक्सिन विकास भइसक्ने र बजारमा आइसक्ने बताएकी थिइन् । भेक्टर रिसर्च सेन्टरसहित तीन रिसर्च सेन्टर खोप विकासमा लागेका थिए ।

विश्वका विभिन्न देशहरु खोप विकासको दौडमा छन् । त्यसमध्ये रुस पनि एक हो । अमेरिका, चीन, भारत, बेलायत, इजरायल, थाइल्यान्डलगायतका देशहरु खोप विकासमा सक्रिय छन् ।

कस्ले पहिले बाजी मार्ने हो भन्ने चासो सबैमा छ ।

 

प्रकाशित मिति: Jun 19, 2020

प्रतिक्रिया दिनुहोस्