Logo
१८ बैशाख २०८१, मंगलबार
(June 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक दुर्घटनामा परि कोशीका वडाध्यक्ष राजु साह गम्भीर घाइते, बिराटनगरमा उपचार हुँदै

प्रदेश १ स्थित सुनसरीको कोशी गापा १ का वडा अध्यक्ष राजु साह गए राति मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।

उनको उपचार बिराटनगर स्थित बिराट नर्सिङ होममा भइरहेको र उनिको स्वास्थ्य खतरा मुक्त रहेको पालिका अध्यक्ष एेयुब अन्सारीले बताए ।

मोटरसाईकलबाट आफ्नो घर जानेक्रममा बाटो काटदा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा.३ च १५५१ नम्बरको कारले ठक्कर दिदा भएको दुर्घटनामा साह घाइते भएको हो ।

इलाका प्रहरी कार्यलय लौकहीका अनुसार सो कार सहित चालकलाई नियन्त्रण लिईएको छ ।
वडाअध्यक्ष साहको टाउको र खुट्टामा चोट लागेको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयहरुले राति घन्टोसम्म सडक जाम गराएका थिए ।

प्रकाशित मिति: Jun 18, 2020

प्रतिक्रिया दिनुहोस्