Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा फेरि पुग्यो भारत, १८४ देशद्वारा पक्षमा मतदान

भारत र चीनमा बढ्दो तनावका बीच संयुक्त राष्ट्र संघबाट भारतका लागि खुशीको खबर छ।

भारत संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा अस्थायी सदस्यको रूपमा चयन भएको छ ।

यो आठौं पटक हो जब भारत संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्य चयन गरिएको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यको चुनावमा भारतले निर्विवाद रूपमा जितेको हो।

यससँगै, भारत २०२०-२२ को लागि यो शीर्ष निकायको अस्थायी सदस्य भएको छ।  यस निर्वाचनमा भारतले १९२ मध्ये १८४ मत प्राप्त गर्यो।

अर्कोतर्फ, पाकिस्तानले यो सफलताबाट चिन्तित हुँदै सुरक्षा परिषदमा नयाँ दिल्लीको अस्थायी सदस्यता उस्का लागि चिन्ताको विषय भएको प्रतिक्रिया दिएको छ ।

भारत आठौं र सुरक्षा परिषद्को अस्थायी सदस्यको रूपमा चयन भएको हो ।

१९३ सदस्य संयुक्त राष्ट्र संघमा, भारतलाई जीतका लागि दुई तिहाई, अर्थात १२८ सदस्यहरूको समर्थन चाहिन्छ ।

भारतले १९२ मध्ये १८४ मत प्राप्त गरेको छ । सदस्य देशहरूले गोप्य मतपत्रबाट मतदान गरेका हुन् । भारतको कार्यकाल जनवरी १ बाट सुरु हुनेछ।

प्रकाशित मिति: Jun 18, 2020

प्रतिक्रिया दिनुहोस्