Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चद्वारा राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सहित ६ जनालाई सफाइ

सर्वोच्च अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ जनालाई सफाइ दिएको छ। अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा सर्वोच्चले फैसला सुनाएको हो।

२ वर्षअघि विशेष अदातलबाट सफाई पाएका थापासहित ५ जनाको मुद्दा सरकारी वकिलले सर्वोच्चमा लगेका थिए। त्यसपछि उनीहरुको लागि सर्वोच्च अदालतबाट न्यायको प्रतीक्षा थियो। आज सर्वोच्चलेमहानगरीय प्रहरी अपराध महाशाखाले २०७२ साल असोज २७ गते म्याच फिक्सिङको आरोपमा सागरसहित पूर्वगोलकिपर रितेश थापा, अञ्जन केसी, विकास सिंह क्षेत्री, उपकप्तान सन्दीप राईलाई पक्राउ गरेको थियो।

उनीहरुविरुद्ध २०७२ कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइए पनि कात्तिक २४ मा सबै धरौटी बुझाएर छुटेका थिए। अञ्जन र रितेशले ५ लाख, सागरले १ लाख ५० हजार र अन्य खेलाडीले ५० हजार धरौटी तिरेका थिए। समेत सफाइ दिएपछि सागरले नेपाली फुटबलमा कम्व्याकको पर्खाइ रहेको बताए। थापाले एसियाली फुटबल महासंघसँग प्रतिबन्ध फुकुवा गर्न एन्फाबाट पहल गर्नुपर्ने बताए।

महानगरीय प्रहरी अपराध महाशाखाले २०७२ साल असोज २७ गते म्याच फिक्सिङको आरोपमा सागरसहित पूर्वगोलकिपर रितेश थापा, अञ्जन केसी, विकास सिंह क्षेत्री, उपकप्तान सन्दीप राईलाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध २०७२ कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइए पनि कात्तिक २४ मा सबै धरौटी बुझाएर छुटेका थिए। अञ्जन र रितेशले ५ लाख, सागरले १ लाख ५० हजार र अन्य खेलाडीले ५० हजार धरौटी तिरेका थिए।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्