Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउअघि र पछि कुखुराको मासुको मूल्य कति ?

लकडाउन खुकुलो भएपछि बजारमा कुखुराको मासु अभाव हुन थालेको छ ।लकडाउअघि र पछि कुखुराको मासुको मूल्यअन्तर सय रुपैयाँले बढेको छ ।

काठमाडौंसहित देशभरका ठूला सहरका खुद्रा पसलहरुमा तयारी मासुको अभाव भएको र मूल्य पनि बढेको उपभोक्ताहरुले गुनासो गरेका रहेको हो ।

बजारमा कुखुराको मासुको प्रतिकिलो तयारी मासुको मूल्य ३ सय ६० रुपैयाँ पुगेको छ । लकडाउनअघि कुखुराको मासुको मूल्य २४० रुपैयाँ प्रतिकिलो थियो ।

मागको तुलनामा उत्पादन कम हुँदा बजारमा केही समस्या देखिएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

लकडाउनका कारण भविष्यको बजारबारे कृषकले अनुमान गर्न नसक्दा उत्पादन खुम्चीएको संघका अध्यक्ष बताए हुन् ।

‘लकडाउन अवधिमा किसानले कुखुरा नपाल्दा ४० प्रतिशत मात्रै उत्पादन भईरहेको छ, ठूलो समस्या आइसकेको त होइन तर प्रशस्त उत्पादन छैन,’ अध्यक्ष बिसीले भने ।

लकडाउनले कुखुरा पालक कृषक त्रसित भएको र दाना, चल्ला भएर पनि किसानको खोरसम्म पुर्‍याउन नसक्दा अब समस्या देखिन थालेको हो।

लकडाउन खुकुलै हुँदै गएर होटल रेष्टुराँ पनि चल्न थाल्यो भने मासु अभाव चर्कने र मूल्य पनि बढ्न सक्ने संघले जनाएको छ ।

६० प्रतिशत मासु होटल, रेष्टुराँ र ४० प्रतिशत नियमित उपभोक्ताले किन्ने गरेका छन् । कम उत्पादनको असर देशभर देखिन थालेको पनि संघले जनाएको हो ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्