Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीमा ९ जना कोरोना संक्रमित थपिए, आज १९१ जना भए डिस्चार्ज

कर्णाली प्रदेशमा आज मंगलबार थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ पुष्टि भएका ५ जना दैलेखको दुल्लु नगरपालिका र ४ जना सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकाका रहेका छन् ।

दैलेखको दुल्लु नगरपालिका-३ का एकजना ३२ वर्षीय युवक, ५ का ३० वर्षीय युवक, ७ का ३ वर्षीय बालक र ३८ वर्षीय युवक, ११ का ४२ वर्षीय पुरुष रहेका छन् ।

यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका- ११ का २१ वर्षीय पुरुष र १२ का १८ वर्षीय किशोर रहेका छन् भने भेरीगंगा नगरपालिका-११ का ६७ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ ।

योसँगै कर्णालीमा कोरोना सं‌क्रमितको संख्या १०८६ पुगेको छ । कर्णाली प्रदेशमा मंगलबार मात्रै १९१ जना डिस्चार्ज भएको महाशाखाले जनाएको छ ।

कर्णालीमा हासलसम्म ३४२ जना भने डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्