Logo
२ जेष्ठ २०८१, बुधबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नौ महिनादेखि प्रेम सम्बन्धमा रहेका एक जोडीले क्वारेन्टाइनमा गरे विवाह

प्रदेश न. ५ स्थित दाङको घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक जोडीले विवाह गरेका छन् । उनीहरु नौ महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए ।

घोराही–१८ का २३ वर्षीय वली थरका युवक र तुलसीपुर उपमहागरपालिका–५ की चौधरी थरकी २१ वर्षीय युवतीले गत जेठ ३२ मा क्वारेन्टाइनमै विवाह गरेको वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालले जानकारी दिएको हो ।

करिब २५ र २६ दिनअघि भारतको दिल्लीबाट आएर उनीहरु वडा नम्बर १८ को आधारभुत विद्यालय बेलघारी क्वारेन्टाइनमा बसेका थिए। वडाध्यक्ष अर्यालले भने, ‘उनीहरु सँगै भारत गएका र सँगै आएका रहेछन्।

उनीहरुले जेठ ३२ मा धार्मिक संस्कार अनुसार सामाजिक दूरी कायम गर्दै बरपिपललाई साक्षी राखी विवाह गरेका हुन्।’ ती दम्पत्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई १४ दिनसम्म छुट्टाछुट्टै बस्ने निर्देशन दिएर घर पठाएको वडाध्यक्ष अर्यालले बताएका थिए।

उनीहरु दुवैको आग्रह र घरपरिवारको सरसल्लाह अनुसार क्वारेन्टाइनमा विवाह गरिएको हो ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्