Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वमा कोरोना सङ्क्रमितको संख्या ८१ लाख नाघ्यो, ४२ लाख भन्दाबढी निको

विश्वका विभिन्न देशमा गरी ८१ लाख १३ हजार ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जुन संक्रमति मध्ये ४ लाख ३९ हजार ८५ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । ४२ लाख १३ हजार ६ सय ३ जना निको भएका वर्ल्डओमिटरले जनाएको छ ।

यसैबीच भारतमा लकडाउन खुकुलो भएसँगै कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको संख्या झण्डै दोब्बरले बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

गएको जेठ १९ गतेदेखि खुकुलो पारिएको लकडाउनका कारण १५ दिनमै कोरोना सङ्क्रमितको संख्या झण्डै दोब्बरले बढेको छ ।

जेठ १८ गतेसम्ममा १ लाख ८२ हजारमा कोरोना पुष्टि भएकोमा १५ दिनमा बढेर आज सङ्क्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ ।

कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको संख्या बढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब के गर्ने भन्ने बारेमा निर्णय गर्न आज सबै राज्यका मुख्यमन्त्रीसँग छलफल गर्दै छन् ।

लकडाउन खुकुलो भएपछि दिल्ली र मुम्बईमा धेरै असर परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमितका हिसाबले भारत अमेरिका, ब्राजिल र रुस भन्दापछि चौथो स्थानमा छ ।

यसैबीच चीनको राजधानी बेइजिङमा कोरोना सङ्क्रमित बढेसँगै स्कुलसँगै खेल र मनोरन्जन केन्द्रहरु फेरि बन्द गरिएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्