Logo
५ जेष्ठ २०८१, शनिबार
(June 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ नक्सा र निसानछाप समेत संविधान संशोधन विधेयक निर्णयर्थ पेस, मतदान प्रक्रिया Live

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ ।

उक्त दुई तिहाई बहुमत भन्दा बढी मतले पारित भएको हो ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन् ।

उक्त विधेयकमाथिको दफावार छलफल सकिएको छ । छलफलका क्रममा सबै राजनीतिक दलले समर्थन जनाएका छन् । उक्त विधेयकमाथि मतविभाजनको प्रक्रिया अगाडि बढेको छ ।

Live भिडियो :

प्रकाशित मिति: Jun 13, 2020

प्रतिक्रिया दिनुहोस्