Logo
२३ बैशाख २०८१, आईतबार
(June 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँग हामि दुश्मनी गर्न खोजेको होइन, राजतन्‍त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रचण्डले यस्तो बताएका हुन् ।

नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा बोल्दै प्रचण्डले भने, ‘गणतन्त्रमा हामी राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौैँ ।’

प्रचण्डले यो ऐतिहासिक जित भएको उल्लेख गरे । उनले नेपाल गणतन्त्र र लोकतन्त्रसँगै संघीयता र समावेशीताको नयाँ युगमा प्रवेश गरेको प्रष्ट पारे ।

उनले भने ‘हामि भारतसँग हामि दुश्मनी गर्न खोजेको होइन, हामि भारतसँग मित्रता नै खोजेका हौं । अझैपनि हामि भारतसँग वार्ताकै माध्यमबाट यो समस्या सामाधान गर्न चाहान्छौं ।’

प्रकाशित मिति: Jun 13, 2020

प्रतिक्रिया दिनुहोस्