Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढी कोरोना संक्रमित भएका मुलुकमध्ये भारत चौंथो, विश्वभर संक्रमितको संख्या ७५ लाख ८३ हजार

चीनको वुहान शहरबाट सुरुभएको कोरोना भाइरस अहिलेको अवस्थामा विश्वभर फैलिरहेको अवस्थामा कोरोना भाइरस संक्रमितको संख्या ७५ लाख नाघेको छ ।

उक्त कोरोना संक्रमितमध्ये हालसम्म मृतकको संख्या ४ लाख २३ हजार पुगेका छन् । पछिल्लो तथ्यांक अनुसार विश्वभर ७५ लाख ८३ हजार मानिस संक्रमित भएका छन् ।

जसमध्ये अमेरिकामा २० लाख ८९ हजार संक्रमित सख्या पुगेको छ । १ लाख १६ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा ८ लाख संक्रमितमध्ये ४१ हजारको मृत्यु भइसकेको छ । रुसमा ५ लाख संक्रमितमध्ये ६५ को मृत्यु भएको छ ।

चौंथो स्थानमा भारत छ । उसले स्पेन र बेलायतलाई उछिनेको छ । भारतमा २ लाख ९८ संक्रमित मध्ये ८ हजार ५ सयको मृत्यु भएको छ ।

भारतमा संक्रमित संख्या बढिरहेको छ । नेपालमा ४ हजार ६ सय १४ जना संक्रमितमध्ये १५ जनाको मृत्यु भइसकेको छ । बढी संक्रमित भएका मुलुकमा नेपाल ७४ औं स्थानमा छ ।

प्रकाशित मिति: Jun 12, 2020

प्रतिक्रिया दिनुहोस्