Logo
५ जेष्ठ २०८१, शनिबार
(June 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा एम्बुलेन्सबाटै गाँजा ओसारपसार गर्ने तीन जना पक्राउ

प्रदेश नं २ स्थित पर्सामा एम्बुलेन्समा ५६ किलो गाँजा बोकेको अवस्थामा वीरगञ्ज महानगरपालिका २७ बाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ना ४ च ८५९९ नम्बरको अल्पाइन मेडिकल कलेज शिक्षण अस्पताल सिमरा, बाराको एम्बुलेन्समा ५६ किलो गाँजा बोकेको अवस्थामा वीरगञ्ज महानगरपालिका २७ बाट तीन जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा गाँजा ओसार्ने सर्लाहीको लालबन्दीका जीतबहादुर वाइवा र दिलबहादुर वाइवा र पर्साका हरिशंक महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय लकडाउनको मौका छोपेर एम्बुलेन्समा बिरामीको बाहनामा मान्छे ओसार्ने र अवैध सामग्री ओसारपसार भइरहेको छ ।

प्रकाशित मिति: Jun 10, 2020

प्रतिक्रिया दिनुहोस्