Logo
५ जेष्ठ २०८१, शनिबार
(June 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको उल्लङ्घन गर्दै न्यूरोड र आसापसका पसल खुलेपछि प्रहरीले बन्द गरायो

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लगाएको लकडाउन जारी रहेको अवस्थामा  लकडाउनको उल्लङ्घन गर्दै न्यूरोड र आसापसका पसल खुलेपछि प्रहरीले बन्द गर्न लगाएको छ

प्रहरीका अनुसार व्यापारीलाई सम्झाइबुझाइ गरी अबको एक दुई दिन पसल नखोल्न भनिएको छ । तर व्यापारीले अहिले पसल बन्द गरे पनि अब के गर्ने भनेर निर्णय गरेका छैनन् ।

यसबारे अहिले छलफल भइरहेको र छलफलबाट जे निष्कर्ष निस्कन्छ त्यही गर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताउनुभयो । बिहान पसल खुलेपछि प्रहरी र व्यपारीबीच केही समय विवाद भएको थियो ।

सरकारले सरकारी कार्यालयसहित अत्यावश्यक वस्तु र बैंक तथा वित्तीय संस्था खुलाए पनि फेन्सी पसल भने खोल्न अनुमति दिएको छैन । यो महिनाको मसान्तसम्म सरकारले लकडाउन लम्बाएको छ । तर यसको विरोधमा स्वत स्फूर्त रुपमा अहिले उल्लङ्घन भइरहेको छ ।

प्रकाशित मिति: Jun 9, 2020

प्रतिक्रिया दिनुहोस्