Logo
१९ बैशाख २०८१, बुधबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यकर्मी सेवा समिति देवानगंजद्वारा पालिकालाई स्वास्थ्य सामाग्री प्रदान

प्रदेश १ स्थित सुनसरीको देवानगंजमा स्वास्थ्यकर्मी सेवा समितिले स्थानीय पालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

देवानगंजका स्थानीय युवाहरुको सक्रियतामा ले आयोजना स्वास्थ्यकर्मी सेवा समितिले विभिन्न किसिमका मास्क, सेनिटाइजर, ग्लव सहित बिभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको हो ।

सोमवार देवानगंज गपाको परिसरमा भौतिक दुरी कायम गर्दै एक औपचारिक कार्यक्रमबीच उक्त स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको हो ।

कार्यक्रममा देवानगंज गापाकमा अध्यक्ष लाली प्र. मेहता, प्रशासकीय अधिकृत त्रिलोचन न्यौपाने, स्वास्थ्य संयोजक उमेश प्र. मेहता लगायतको उपस्थिीमा उक्त सामाग्रीहरु वितरण गरिएको हो ।

समितिको तर्फबाट अध्यक्ष डा आनन्द मेहता, कोषाध्यक्ष दिनेश प्र. मेहता लगायतको उपस्थितिमा रहेको कार्यक्रमको संचालक समेत रहेका सचिव कृष्णनन्दन मेहताले बताए ।

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्