Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिड-१९ का लागि दातृ निकायबाट ५ लाखभन्दा कमको सहायता नलिइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) का लागि दातृ निकायबाट ५ लाखभन्दा कमको सहायता नलिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दातृ निकाय र सहयोगी निकायहरूले प्रदान गर्ने सहायता सामग्रीको मापदण्ड बनाएको छ ।

मापदण्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रदान गरिने सहायता सामग्रीको न्यूनतम मूल्य ५ लाख रुपैयाँबराबरको हुनुपर्ने उल्लेख गरिएको छ ।

सहायता सामग्री पूर्ण रूपमा हुनुपर्नेसमेत मापदण्डमा उल्लेख छ । पीसीआर टेस्ट किट, पीपीई सेटभित्र मास्क, क्याप, एप्रोन, ग्लोब्स, बुट, कभर, गगल्स भएको पूर्ण सेट हुनुपर्छ ।

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्