Logo
५ जेष्ठ २०८१, शनिबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीमा कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर पठाइएका व्यक्तिको मृत्यु

प्रदेश नं २ स्थित महोत्तरीमा कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर गएको एक व्यक्तिको मृत्यु भएको छ ।

शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका उनको  एक दिन नबित्दै आइतबार राति मृत्यु भएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले क्वारेन्टाइनबाट घर गएका ४० वर्षका पुरूषको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार ती व्यक्तिले अत्यधिक रक्सी सेवन गर्दथे । ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट आएका थिए । उनलाई गौशाला नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी कटुवालले उनको मृत्युु रक्सी सेवनले नै भएको जिकीर गरे ।गौशाला नगरपालिकाका मेयर शिवनाथे महतोले मृतकको फेरि स्वाब संकलन गरी मृतकको दाहसंस्कार गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्