Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रंगभेदविरुद्धको आन्दोलन : प्रदर्शनकारीले ‘स्लेभ ट्रेडर्स’को प्रतिमा ढलेर घुँडाले थिच्दै पानीमा फाले

नेपालीमा बेलायत भनि चिनेने ब्रिटेनमा रंगभेदविरुद्धको आन्दोलनको क्रममा प्रदर्शनकारीले ब्रिस्टोलमा रहेको ‘स्लेभ ट्रेडर्स’ अर्थात दास व्यापारीको प्रतिमा ढलाएका छन् ।

प्रदर्शनकारीले १७ औँ शताब्दीको सो प्रतिमा ढलाएर हार्बर तटीय क्षेत्रको पानीमा फालेका हुन् । बेलायतमा दोस्रो दिन आइतबार पनि रंगभेदविरुद्धको आन्दोलन जारी रह्यो ।

हजारौँको संख्यामा जम्मा भएका प्रदर्शनकारीले रंगभेदलाई बढावा दिएको भन्दै सो प्रतिमा ढलाएका हुन् । बेलायतमा रंगभेद विरोधी प्रदर्शन अधिकांश रुपमा शान्तिपूर्ण रहेको छ ।

ब्ल्याक लाइफ म्याटर्स’ प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका छन् । तर केही स्थानमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका छन् ।

कोरोना भाइरसको महामारी फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै सरकारले ठूलो संख्यामा भेला नहुन भने पनि मानिसहरु रंगभेद विरोधी आन्दोलनमा सहभागी भएका हुन् ।

अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा गएको मे २५ मा ४६ वर्षका अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी ज्यादतीका कारण मृत्यु भएपछि अमेरिकासहित विश्वभर रंगभेद विरोधी आन्दोलन जारी छ ।

बेलायतका लण्डन, ब्रिस्टोल, म्यानचेस्टर, वुल्भरह्याम्पटन, नोटिङघम, ग्लास्गोसहितका स्थानमा प्रदर्शन भएका छन् ।

ब्रिस्टोलमा भएको प्रदर्शनको क्रममा १७ औँ शताब्दीका प्रमुख दास व्यापारी एड्वार्ड कोल्स्टनको प्रतिमा ढलाएका हुन् ।

कोस्टनको प्रतिमालाई लिएर ब्रिस्टोलमा लामो समयदेखि विवाद रहँदै आएको थियो ।

उनी रोयल अफ्रिकन कम्पनीका सदस्य थिए । सो कम्पनीले अफ्रिकाबाट झण्डै ८० हजार पुरुष, महिला तथा बालबालिकालाई अमेरिका पठाएको थियो ।

कोल्स्टनको प्रतिमा ढलाएपछि प्रदर्शनकारीले प्रतिमाको घाँटीमा घुँडाले थिचेको तस्बिर खिचाए । प्रतिमाका सबै भागहरु डोरीले बाँधे अति पानीमा फालेका हुन् ।

प्रकाशित मिति: Jun 8, 2020

प्रतिक्रिया दिनुहोस्