Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारद्वारा प्रदेश २ को एक मन्त्रालयमा छापा मारिएको भनिएको खबर गलत : अख्तियार कार्यालय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा छापा मारिएको भनिएको खबर गलत भएको अख्तियार कार्यालय बर्दिवासले जनाएको छ ।

‘कहाँ कस्ले के खबर लेख्छन् थाह भएन, हाम्रो कार्यालयबाट छापा माएिको छैन’ वर्दिवास स्थित कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाले भने- ‘न काठमाण्डौबाट कोहि टोली आएका छन् न हामि गएका छौं यो खबर सरासर गलत हो ।’

उनले भने -‘धेरैले हामिलाई सोधिरहेका छन्, कसैले फेक न्यूज लेखेका हुन सक्छन्, हाम्रो कार्यालयले छापा मारेको छैन ।’ काठमाण्डौबाट आएका टोलीपनि हाम्रै समन्वयमा जाने भएकाले उक्त खबर नै गलत भएको उनले बताए ।

यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगकेन्द्रिय कार्यालयका प्रवक्ता प्रदिपकुमार कोइरालाले पनि उक्त खबर गलत भएको बताए ।

‘न काठमाण्डौबाट कुनै टोली गएका छन्, न वर्दिवासबाट गएको हामिलाई जानकारी छ ? उनले भने यो खबर गलत हो ।’

कोरोना महामारी नियन्त्रण तथा रोकथामको मुख्य अभिभारा बोकेको प्रदेशनम्बर २ को सामाजिक विकास मन्त्रालयमा अख्तियारले अनियमितताको आशंकामा छापा मारेको भन्दै खबर बाहिरिएो थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयले मन्त्रालयमा अनियमितता र अपारदर्शीता परेकाले छानविनका लागि मिडिया ब्रिफिङ र अपूर्ति महाशाखा अन्तर्गतका सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिएको खबरमा जनाएको थियो ।

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्