Logo
१७ बैशाख २०८१, सोमबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नव गठित जसपाको आधिकारिक कागजात सहित लक्ष्मणलालको नेतृत्वमा नेताहरु निर्वाचन आयोगमा

नव गठित जनता समाजवादी पार्टी, नेपालका नेताहरु दल दर्ताको लागि निर्वाचन आयोगमा पुगेका छन्। लक्ष्मणलाल कर्णको नेतृत्वमा नेताहरु आयोगको कार्यालयमा पुगेका हुन् ।

पार्टीभित्रको पदाधिकारी विवाद हल भएपछि नेताहरु दल दर्ताको लागि आज आयोगको कार्यालयमा पुगेका हुन् । नयाँ सहमतिअनुसार पार्टीमा नामा एक संघीय अध्यक्ष र कार्यकारी २ अध्यक्ष सहित जम्मा तीन अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

तीन जना अध्यक्षमा महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई रहनेछन् । ठाकुर र यादव कार्यकारी अध्यक्ष हुनेछन् । त्यस्तै, पदाधिकारीमा वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि रहनेछन् ।

समाचार श्रोतका अनुसार ‘नेकपा स्टाइलमा पर्टाी एकिकरण भएको छ २ जना कार्यकारी अध्यक्ष रहनेछन्, डा. बाबुराम भट्टराईलाई बोनसमा अध्यक्ष पद पाइएको छ ।’

‘तर उहाँँलाई सम्मन मात्र गरिएको हो, पार्टीमा २ जना कार्यकारी अध्यक्ष रहनेछन् ।’ श्रोतका अनुसार पाँच पदाधिकारी रहनेगी एकतामा टुंगो लागेको हो।

श्रोतका अनुसार जसपामा तीन जना अध्यक्ष रहने छन् । महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

तीन अध्यक्षमा ठाकुर पहिलो वरियतामा, यादव दोस्रो र भट्टराई तेस्रो वरियतामा हुनेछन् । जसपा नेता महेन्द्र राय यादवले तीन अध्यक्ष रहने सहमति भएको बताएका हुन् ।

सहमति बन्न निकै कठिन भएपछि अशोक राई र राजेन्द्र महतोले पनि पदाधिकारीको जिम्मेवारी पाउनेछन् । उनीहरु दुवैजना सहअध्यक्ष बन्नेछन् ।

१० वैशाखको राति अचानक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच मध्यराति एकता सम्झौता भएको थियो । समाजवादी पार्टी फुटको संघारमा पुगेपछि अचानक एकता गरी विभाजन रोकिएको थियो ।

विगतमा उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम र अशोरक राई नेतृत्वको पार्टी मिलेर संघीय समाजवादी पार्टी बनेको थियो । उक्त दलमा बाबुरामको नेतृत्वको नयाँ शक्ति नेपाल मिलेपछि समाजवादनी पार्टी बनेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो ।

तर हिजो शनिबार परेकाले आजसम्म निवेदन दिने म्याद बाँकी थियो । ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको पैँतालीस दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरासमेत खुलाउनु पर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने प्रावधान छ ।

फाइल फोटो

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्