Logo
२३ बैशाख २०८१, आईतबार
(June 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकतर्फी रुपमा व्यापारीहरुले पसल खोलेपछि सिडिओहरु छलफलमा

उद्योगी तथा व्यवसायीहरुले आजदेखि देशव्यापी रुपमा सरकारको लकडाउन उल्लंघन गर्दै पसल खोलेपछि काठमाडौं उपत्यकाका तीनै वटै जिल्लाका सिडिओ छलफलमा जुटेका छन् ।

आज लकडाउनको ७२औं दिन हो । व्यवसायीहरुले हिजै एक विज्ञप्ती निकालेर आजबाट पसल खोल्ने जनाईसकेका थिए । उनीहरुले सरकारले अवरोध गरे प्रतिकार गर्ने पनि चेतावनी दिएका थिए ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आजदेखि देशभरका पसलहरु खोल्न आह्वान गरेका थिए । उनले पसलहरु खोल्ने क्रममा प्रहरीसँग झडप हुने संभावना रहेकाले व्यवसायीहरुको तर्फवाट पनि तयारी गरिएको दाबी गरेका छ्न् ।

राज्यसंग मुठभेडसमेत हुनसक्ने बताउदै उनले तयारीका साथ व्यवसायी आफ्नो पेशामा फर्कने उद्घोष गरेका थिए । उनले भने ‘देशभरी मुडभेड हुन सक्छ , व्यवसायीले पनि तयारी गरेका छन् जवाफ दिन हामी तयार छौँ ।’

व्यवसायीहरुले एकतर्फी रुपमा पसल खोलेपछि काठमाडौं उपत्यकामा आज बिहानैदेखि चहलपहल बढेको छ । व्यवसायीहरुले एकतर्फी रुपमा पसल खोलेपछि काठमाडौं उपत्यकामा आज बिहानैदेखि चहलपहल बढेको छ ।

जिल्ला प्रशासनले अब कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्नेगरि छलफललाई अघि बढाएको छ । स्रोतकाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओले व्यवसायीहरुसँग छलफल गर्ने तयारी समेत गरेका छन् ।

प्रकाशित मिति: Jun 4, 2020

प्रतिक्रिया दिनुहोस्