Logo
५ जेष्ठ २०८१, शनिबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Breaking : चौतर्फी विरोधपछि सरकार पछि हट्यो, कर तिर्ने समयावधी असार ७ सम्म थप

सरकारले कर तिर्ने समय असार ७ गतेसम्मलाई थप गरिदिएको छ। ब्यापक विरोधपछि सरकारले कर तिर्ने समय बढाएको हो।

आन्तरिक राजश्व विभागले मंगलबार सुचना जारी गर्दै जेठ २५ गतेभित्र कर भुक्तानी गरिसक्न भनेको थियो। त्यसपछि अर्थमन्त्री,  मन्त्रालयका अधिकारीहरुको ब्यापक विरोध सुरु भएको थियो। ब्यापक बिरोधपछि अर्थसचिव शिशिरकुमार ढुङ्गानाले ब्यवसायीसँग बुधबार भेटी लचकता अपनाउने बताएका थिए।

लगत्तै विभागले अर्को सुचना जारी गर्दै कर तिर्ने समय बढाएको हो। सरकारले जेठ ३२ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ। विभागले असार ७ गतेसम्म कर तिर्न अर्को सूचना जारी गरेको छ।

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्