Logo
२२ बैशाख २०८१, शनिबार
(June 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संक्रमितको संख्या दुई हजार नाघ्यो, चार स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले मंगलबार जनाएको हो । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ९९ पुगेको जनाए ।

रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्‍वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् ।

त्यसैगरी दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण देखिएको हो ।

त्यसैगरी काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ८ सय २५ जना रहेको छ ।

२४ घण्टामा डिस्चार्ज हुनेमा थप ४५ जना रहेका छन् । शिक्षण अस्पतलमा उपचाररत मकवानपुरकी एक महिला, गुल्मी अस्पतालबाट १ जना, भीम अस्पतालबाट २५ जना, कपिलवस्तुका ९ जना, सुनसरीका १ जना र झापाका १७ जना डिस्चार्ज भएका हुन् । यसरी डिस्चार्ज हुनेको संख्या २६६ रहेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख १६ हजार ३४५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ७५ हजार ३ सय ४३ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Jun 2, 2020

प्रतिक्रिया दिनुहोस्