Logo
५ जेष्ठ २०८१, शनिबार
(May 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युतीय सवारीमा कर बढाएकोमा नाडाको आपत्ति

सरकारले बजेट मार्फत विद्युतीय सवारी साधनमा भन्सार कर बढाएको भन्दै अटोमोबाइल व्यवसायीको छाता संगठन ‘नाडा’लेआपत्ति जनाएको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतीय सवारी साधनको व्यवसायमा संलग्न व्यवसायीको लगानी डुब्ने खतरा रहेको बताए ।

उनले यसअघि सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरेपछि व्यवसायीले लगानी बढाएको अवस्थामा फेरि पेट्रोलियम सवारी साधनहरुमा जस्तै कर लगाउादा सवारी साधनको मूल्य महागो पर्न जाने खतरा रहेको बताए ।

उनले कर बढाउँदा सवारी साधनको मूल्य बढ्ने र उपभोक्ताले प्रयोग गर्न नसक्ने हुने भएकाले व्यवसायीको लगानी डुब्ने बताए ।
उनले देशभित्र उत्पादित विद्युतको खपत बढाउनका लागि पनि विद्यतीय सवारी साधनमा कर वृद्धि गर्न नहुने बताए ।

प्रकाशित मिति: May 31, 2020

प्रतिक्रिया दिनुहोस्