Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना  संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो

भारतमा बिहीबार एकै दिनमा ७ हजार ४६६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म कोभिड-१९ संक्रमितको संख्या १ लाख ६५ हजार ७९९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शुक्रबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ७०६ जना पुगेको छ ।

यस संक्रमणबाट निको भएका बिरामीको संख्या ७१ हजार १०५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

हाल भारतमा ८९ हजार ९८७ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।कोभिड-१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् ।

यहाँमात्र ५९ हजार ५४६ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ ।

त्यहाँ १९ हजार ३७२ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । दिल्लीमा १६ हजार २८१ जना कोरोना संक्रमित रहेका छन् ।गुजरातमा १५ हजार ५७२ संक्रमति रहेका छन् ।

भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।

कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।

भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो ।

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।

भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ ।

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्